नियम ६क
ठेक्का सम्बन्धी व्यवस्था
(१) सरकारी निकाय, सार्वजनिक संघ संस्था वा दर्ता भएको व्यक्तिले आफूले गरेको ठेक्का सम्झौता र कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दिई सम्बन्धित ठेकेदारलाई कर भुक्तानी गर्नु पर्नेछ ।
(२) सरकारी निकाय, सार्वजनिर्क सङ्घ, संस्था वा दर्ता भएको व्यक्तिले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको ठेक्कापट्टा दिँदा वा परामर्श सेवा लिँदा दर्ता भएको व्यक्तिसँग मात्र दिनु लिनु पर्नेछ ।